एजेन्सी– नेपालको मुस्ताङ जिल्लामा पूरातत्वविदहरुले चीन र भारतसँग जोडिएको एउटा प्राचीन ‘चिनो’ भेटाएका छन् ।

मुस्ताङस्थित सेम्दोङ चिहानबाट करिब १५ सय वर्षअघि चीन र भारतसँग जोडिएको अनुमान गरिएको एउटा ऐतिहासिक मुकुण्डो भेटिएको बेलायतस्थित डेल्ली मेलले जनाएको छ । सुन, चाँदी र कपडाद्धारा निर्मित सो मुकुण्डो सन् ४०० देखि सन् ६०० को बीचमा प्रयोगमा आएको हुनसक्ने अनुमान गरिएको छ ।
उत्खननकर्ताहरुले बताएअनुसार सो मुकुण्डो त्यसबेला चिहानमा मात्र प्रयोग गरिन्थ्यो । उक्त मुकुण्ड निर्माण गर्न रेशमबाहेक भारतीय रङ्ग्याउने वस्तुहरु समेत भेटिएको बताइएको छ ।
सुन, चाँदी र रेशमी कपडा समेत भएकोले डेल्ली मेलले त्यसैलाई आधार बनाएर ‘रेशमी मार्गको कल्पनाभन्दा अझ लामो छ कि ?’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।



परातत्वविदहरुले यिनै वस्तुहरुलाई आधार मान्दै ती सामाग्री चीन र भारतबाट आएको पुष्टि गरेका छन् । ती सामाग्रीहरु भेटिएपछि चीन र भारतको व्यापार त्यसबेला नेपालको बाटो हुँदै भएको र व्यापारीक मार्गलाई थप दक्षिणतर्फ थप लम्ब्याइएको अनुमान गर्न सकिएको सञ्चारमाध्यामहरुले बताएका छन् । यसले नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धलाई समेत पुष्टि गरेको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top