नवजात शिशुलाई जन्म दिएर जंगलमा सालनालसहित फाल्ने एक अविबाहित युवतीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।

भिमेश्वर नगरपालिका १० की वर्ष १८ की प्रमिला विकलाई प्रहरीले पक्राउ गरी कर्तब्य ज्यानको मुद्दा चलाएको छ ।



खोर थली सामुदायिक बनमा हिजो प्रहरीले एक नवजात शिशु जिउँदै फेला पारेको थियो । नवजात शिशुको भने आज बिहान उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। विक अविवाहित हुन् । उनले यस वर्षको एसएलसी परीक्षा समेत दिइरहेकी छिन्।

सर्ब माविमा  उनको परीक्षा केन्द्र भएपनि प्रहरीले भने स्थानीय प्राथमिक स्वास्थ्थ केन्द्रमा राखेर उनलाई परीक्षा लिने व्यवस्था मिलाएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top