बाँकेको एउटा क्षेत्रुी परिवारले दलितकी छोरी मागेर बुहारी बनाएको छ । हालै भएको बिबाह पश्चात त्यो परिवारले बिबाह उत्सवका अवसरमा गाँउलेलाई भव्यता साथ भोज खुवायो । गाँउलेहरु दतिलतले छोएको पानी सम्म चल्दैन भन्ने मान्यता राख्ने क्षेत्री परिवारले यसरी बिबाह गरेपछि उत्साहित देखिन्थे ।

बाँकेको फत्तेपुरका २१ वर्षीय सुकलाल विष्टले आफ्नै गाउँकी दलित समुदायकी युवतीसँग मागी विवाह गरेका हुन । विष्टले दुबैतर्फका अभिभावकको सहमतिमा आफ्नै गाउँकी नरमति विकलाई जीवनसाथी बनाएका हुन् । छोरी माग्न आएका विष्ट परिवारलाई नरमतिका बुबा मतीलाल र आमा दिलकुमारीले छोरीले भविष्यमा दुःख पाउने कुरामा शंका व्यक्त गर्दै प्रश्न गरेका थिए ।


छोराले रोजेकी केटी माग्न गएका दुर्गाबहादु विष्ट र मिनाकुमारी विष्टसँग विक परिवार भविष्यमा छोरीले दुःख नपाओस भन्दै विवाहका लागि राजी भएका थिए । धुमधामसँग भएको विवाहमा भोज खान अधिकांश गाउँले पनि विष्टको घरमा पुगेका थिए ।


विष्ट स्थानीय उच्च माविमा कक्षा ११ मा अध्ययनरत छन् भने विकले १० कक्षा पढेकी छन् । बिहे गरेपछि सुकलाल र नरमतिले प्रोत्साहन रकम माग्दै बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् ।

दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न यस्तो विवाह गर्नेलाई सरकारले एक लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा केशव पौडेलका अनुसार गएका तीनवटा आर्थिक वर्षमा अन्तरजातिय विवाह गरेका ३१ जोडीले प्रोत्साहन रकम पाउन प्रशासनमा लिखित निवेदन दिएका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top