मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि !
काठमाडौँ, १२ चैत - मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि! माघ २४ गते आइतबार फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्।

लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसनधान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक संजाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला उनी राजन राईसँग सम्बन्धमा थिइन्।

प्रायः दैनिक फेसबुकमा तस्बिर पोष्ट गर्न रुचाउने उनको राजनसँग भेट त्यही सामाजिक सञ्जालले नै गराइदिएको थियो। फेसबुक पेजमा उनलाई पछ्याउने १३ हजार २ सय ६४ जनामध्येका एक राजनसँग उनको भर्चुअल दोस्ती ३ महिनाअघि भएको थियो।

उनीहरु भर्चुअल संवादबाटै निकट बनेका थिए। भेटघाटबाट आत्मीय रुपमा अगाढि बढेको सम्बन्ध फागुन ८ मा लिम्बुको हत्यासँगै दुखान्त मोडमा पुगेर टुंगियो।

कच्चा सम्बन्धले लिम्बुको ज्यान गयो। उनको हत्या अभियोगमा राजनसँगै सन्नी लामा र सजित लामा प्रहरी हिरासतमा पुगे। प्रहरी अर्का एक युवकको खोजीमा छ।

घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने ती २० वर्षीया युवतीको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका २८ वर्षीय सनि लामा, २४ वर्षका सजित लामा तथा मोरङको पथरी–३ घरभई काठमाडौंको थली बस्ने १९ वर्षका राजन राईलाई बिहीबार पक्राउ गरेको महानगरीय अपराध शाखा टेकुले जनाएको छ। नागरिकबाट -

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top