चैत्र २३, २०७२- वागमती नदीमा माछा देखिन थालेका छन् । प्रदुषणको मात्रा बढेर माछा बाँच्न नसक्ने अवस्थामा पुगेको वागमतीको पशुपतिभन्दा माथि गुहेश्वरी क्षेत्रमा माछा भेटिएका हुन् ।



पूर्व मूख्यसचिव लीलामणि पौडेलको अगुवाईमा वागमती सफाई अभियान सुरु भएको १ सय ५० साता पुगेको छ । यो अभियान सुरु भएको क्षेत्र गुहेश्वरी क्षेत्रमा माछा देखिन थालेका हुन् ।



मंगलबार यो क्षेत्रमा माछा मारिरहेका विजेश्वरी स्कुलका विद्यार्थीहरुले केही दिनअघि पनि आफूहरुले यहाँ ठूलै माछा भेटेको बताए ।



0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top