परमाणु प्रतिद्वन्द्वीका रुपमा भारतलाई पछि पार्नका लागि चीनले नयाँ रणनीति अपनाउने भएको छ ।
एक शीर्ष अमेरिकी ‘थिङ्क ट्यांक’ ले बिहीबार बताएअनुसार परमाणु प्रतिद्वन्द्वीका रुपमा भारतको सामना गर्नका लागि चीनले ‘अलग रणनीति’ अपउनाने तयारी गरेको दाबी गरेका हुन् ।
चीनले यो रणनीति परमाणु हतियारमा भारतलाई कुनै पनि हालतमा आफूभन्दा अघि बढ्न नदिनका लागि ल्याउन लागेको हो ।
र्यान्ड कर्पोरेशनले चीनबारेमा जारी गरेको आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार आफ्नो राष्ट्रिय सुरक्षामा रहेको आवश्यकता पुरा गर्नका लागि भारतले सशस्त्र बलको आधुनिकीकरणमा जोड दिइरहेको छ ।
अर्कातिर चीन आफ्नो परमाणु बल संरचना एवम् अन्य सामरिक-निवारक जरूरतलाई मजबुत बनाउँदै आफ्नो प्रमुख सम्भावित प्रतिद्वन्द्वी अमेरिकालाई नै मानिरहेको छ ।
चीनले भारतलाई पछि पार्नका लागि ठूलो परिमाणमा आणविक हतियार विकासको रणनीति तयार पारिररहेको र्यान्ड कर्पोरेसनको दाबी छ ।
रुसलाई प्रमुख मित्रकारुपमा लिएर अघि बढिरहेको चीनले अमेरिकालाई प्रमुख प्रतिद्वन्द्वीकारुपमा लिएर उसँग सहकार्य गरिररहेको भारतलाई आणविक हतियारमा पछि पार्न फरक रणनीतिसहित अघि बढिसकेको दाबी अमेरिकी थिंक ट्यांकहरुको छ ।
भारतले अमेरिकाको सहयोग लिएर आणविक हतियारको वृद्धि गर्नेतर्फ लागेमा चीनले भारतको तुलनामा ठूलो क्षमताको परमाणु सश्त्र बनाउने रणनीति लिएको हो ।
चीनले भारतसँग सैन्य सम्बन्ध विस्तारसँगै आफूसँग प्रतिस्पर्धामा उत्रेमा उसको चुनौतीलाई सजिलै पार लगाउने गरि आणविक हतियार निर्माणको काम अघि बढाएको र्यान्ड कर्पोरेशनको दाबी छ ।
थिङ्क ट्यांकले रिपोर्टमा भनेका छन्, ‘तत्कालको अवस्थामा भारत-चीनको परमाणु क्षमतालाई लिएर चिन्तित हुने अवस्था छ । अहिलेको अवस्थामा चाँडै परिवर्तन आउने छ । यी दुई देशले ठूलो मात्रामा परमाणु मिसाइल बनाउने अवस्था छ ।’

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top