भृगु संहितामा उल्लेख गरिएको छ की कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । कथमकदाचित् तपाईंको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । कारण तपाईंको राशी अनुसार पनि भाग्योदयको फल जान्न सकिन्छ ।

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ ।
वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ ।
मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ ।
कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ ।
सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं बर्षहरु शुभ मानिन्छन् ।
कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औं बर्षहरुमा भाग्योदय हुन्छ ।
तुला राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५ बर्षलाई शुभ मानिन्छ ।
वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा भाग्योदय हुन्छ ।
धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय हुनेछ ।
मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय हुनसक्छ ।
कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ मानिन्छ ।
मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा भाग्योदय हुन्छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top