![]() |
काठमाडौँ, १० चैत - पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको ज्यान गएको छ।
दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ। स्थानीयस्तरमा बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन्।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा अल्पसंख्यक हिन्दु समुदायका मानिस छन्। केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ। पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ। हिन्दुसहितका अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ। तर पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन्।
पाकिस्तानमा विषाक्त रक्सीका कारण ज्यान जाने गरेका घटना यसअघि हुने गरेका थिए । सन् २०१४ मा केही दिन भित्रै विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो। स्थानीय बासिन्दाले अवैध रुपमा रक्सी उत्पादन गर्ने तथा बिक्री गर्नेलाई कारबाही नगरेको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन्। एजेन्सी -
![]() |


0 comments Blogger 0 Facebook
Post a Comment