चैत्र ९, २०७२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपाल नामक पार्टी आगामी वैशाख पहिलो सातामा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

धरानमा नयाँ शक्तिका आधा दर्जन केन्द्रीय परिषद सदस्यहरुले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । नयाँ शक्ति केन्द्रीय परिषद सदस्य तथा नेपाल प्रहरीका पूर्वएआईजी गणेशराज राईले भने, ‘अहिले हामी नयाँ शक्तिलाई बाबुराम भट्टराईको नेतृत्वमा जनस्तरमा विस्तार गर्न अभियानको रुपमा चलाइरहेका छौं । वैशाख पहिलो सातामा निर्वाचन आयोगमा नयाँ शक्तिलाई पार्टीको रुपमा दर्ता गर्ने तयारीमा जुटेका छौं । पार्टी दर्ताका लागि आवश्यक गृहकार्य भइरहेको र विधान, नीति, धारणाहरुलाई अभिलेखिरण भइरहेको छ ।’

राईले नयाँ शक्ति कुनै पनि जातिवादी नरहेको तर एकात्मक शासन सत्ताको विरोधी रहेको बताए । उनले नेपालको सुरक्षा निकाय जनमुखी भन्दा पनि सत्तामुखी भएकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे ।

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य पासाङ शेर्पाले संविधान जारी भएपनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा त्यसलाई संशोधन वा पुनर्लेखन गर्नुको विकल्प नरहेको बताए । उनले मधेसी, आदिवासी जनजातिको माग सम्बोधन अझै नएकाले संविधान संशोधन, सिमाङ्कन गर्नै पर्ने अवस्था रहेको

अर्का केन्द्रीय परिषद सदस्य राजेन्द्र किरातीले हाल आन्दोलनरत मधेसी, आदिवासी जनजाति र थारुहरुको माग सम्बोधन नगरी स्थानीय निर्वाचन गर्नुको औचित्य पुरा नहुने बताए ।


प्रकाशित: चैत्र ९, २०७२


0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top