![]() |
काठमाडौं– होलीको दिन दुर्घटना न्युन गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले उपत्यकाकामा कडा चेकिङ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभीन्न ५५ स्थानमा कडा चेक–जाँच गरेको ट्राफिक प्रहरीले १४ सय ३२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
उपत्यका फिल्ड अफिसर सिताराम हाछेथुका अनुसार तिब्र गति, बिना हेल्मेट सवारी चलाउने, दुई पांग्रेमा तिन जना चढ्ने, लापरवाहीपुर्ण तरिकाले चलाउने र दिउँसै मापसे गरेर चलाउने हरुको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ‘प्रहरीको आँखा छलेर फेरी तिब्र गतिमा नचलाउन भनेर सवारी नियन्त्रणमा लिएका हौं’ ट्राफिक इन्सपेक्टर हाछेथुले भने, ‘बेलुका सात बजेपछी उँहाहरुको सवारी फिर्ता दिन्छौं, अरु कारवाही नियम अनुसार हुन्छ ।’ ट्राफिक प्रहरीले बिहान सात बजेदेखखि नै सवारी चेकजाँच थालेको कारण कुनै दुर्घटना नघटेको हाछेथुले जानकारी दिए । - See more at:
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment