![]() |
काठमाडौं उपत्याका लगायत पहाडी जिल्लाहरुमा फागु पुर्णिमाकै दिन होली मनाउने गरेपनि तराईका जिल्लाहरुमा भने पूर्णिमाको पछिल्लो दिन होली मनाउने गरिन्छ ।
होली पर्वमा मानिसहरुले एक आपसमा रङ्गहरू हालेर वा अनुुहारमा रङ्ग दलेर सामुहिक रुपमा नाँचगान सहित यो पर्व मनाउने गर्दछन् । पहाडहरुमा जस्तै आज तराईका कतिपय ठाउँमा होलीको अबसरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
मानिसहरु एक आपसमा पुरानो रिसराग, इष्र्या र कटुुतालाई बिर्सेर मित्रता कायम गर्ने दिनको रुपमा पनि होली पर्व मनाउने चलन रही आएको छ । हिन्दुहरुको महान पर्व होली नजिकिएपछि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।
रङ्गहरूको पर्व होली नजिकिएपछि बजारमा रङ्गहरूको बिक्रीबितरण पनि ब्यापक रुपमा बढेको यसका ब्यबसायीहरुले बताएका छन् । यस क्षेत्रका शहर–बजार र गाउँघरहरुमा केटाकेटीदेखि लिएर बृद्धबृद्धासम्मका मानिसहरुले उत्साह र उमङ्गका साथ होली मनाउन गइरहेको स्थानीय प्रविण थापाले बताए ।
उनका अनुसार तराईका बिभिन्न जिल्लाहरुमा एकआपसरमा अबिर, रंग छर्दै घरघर गएर रंग लगाई आफूभन्दा ठूलोको आशीर्वाद लिने चलन छ । नाँचगान गर्दै एकआपसमा शुुभकामना आदनप्रदान गर्ने गरिन्छ ।
धार्मिक किबदन्ती अनुसार प्राचीन सत्य युगमा नास्तिक हिरण्यकशिपुका छोरा
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment