काठमाडौँ, १८ चैत - भारत आइसिसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेटको फाइलनमा पुग्छ वा पुग्दै न भन्ने कुरा धेरै हदसम्म क्रिस गेलको ब्याटिङमा निर्भर रहनेछ।

भारत र वेष्ट इन्डिजले बिहीबार मुम्बइमा समेफाइलमा प्रतिस्पर्धा गर्दै छन्। ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा गेलको प्रदर्शन राम्रो छ। गेलले अहिलेसम्म ४८ ट्वेन्टी-ट्वेन्टी म्याचमा ३६ दशमलव ८२ को औषतमा १५ सय १० रन बनाएका छन्। उनले भारतसँगका तीन ट्वेन्टी-ट्वेन्टीमा ५१ दशमलव ३३ को औषतमा एक सय ५८ रन बनाएको छ।

यसरी हेर्दा समग्रमा ट्वेन्टी–ट्वेन्टीमा राम्रो खेल्ने गेलले भारत विरुद्धको खेलमा अझै आफ्नो प्रदर्शनलाई सुधार गर्ने गरेका छन्। भारतीय पिचमा गेलको ब्याट झन चल्ने गरेको छ। उनले भारतीय पिचमा विश्वकप अन्तर्गत अहिलेसम्म तीन ट्वेन्टी–ट्वेन्टी खेलेका छन्, यसमा इंग्ल्याण्डसँगको खेलमा नटआउट एक सय रनसहित कुल एक सय चार रन बनाएका छन्।

भारत गेलसँग डराउनु पर्ने अर्को कारण हो, मुम्बईको वानखडे रंगशाल, यही रंगशालमा सेमिफाइलन हुँदैछ। यस रंगशालमा गेलले इंग्ल्याण्डसँगको खेलमा ११ छक्का र पाँच चौकाको मद्दतमा एक सय रनको नटआउट पारी खेलेका थिए। वानखडे रंगशालमा भारतीय टिमले गेललाई रोक्नै नसक्ने भने होइन।

यो मैदानमा गेलले आइपिएलका पाँच वटा खेल खेलेका छन्। जसमा उनले ३९ को औषतमा मात्रै एक सय ५९ रन बनाएका छन्। सन् २०११ को आइपिएलमा चेन्नई सुपर किंग्ससँगको खेलमा मात्रै ८ रन बनाएका थिए। यस्तै २०१२ को आइपिएलमा मुम्बई इन्डियन्ससँगको खेलमा यही मैदानमा नटआउट ८२ रन बनाएका गेलले सन् २०१३ को आइपिएलमा मुम्बई इन्डियन्ससँगकै खेलमा १८ रन बनाएका थिए।

सन् २०१४ मा मुम्बईसँगकै खेलमा २४ बलमा ३८ तथा सन् २०१५ मा मुम्बईसँगकै खेलमा १२ बलमा १३ रन बनाएका थिए। आइपिएलका चार पारीमा कम रनमा आउट उनलाई आउट गर्न अफस्पिनर सफल भएका थिए।

यस्तोमा भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनीले गेलसामु अफस्पिनरलाई नै प्रस्तुत गर्ने निश्चित जस्तै छ। विगतको इतिहास दोहोरियो भने भारतीय टिमले गेललाई आउट गर्न सक्छ। गेलले आक्रामक ब्याटिङ गर्ने भएकाले उनको यही खुबीलाई उनी विरुद्ध प्रयोग गर्ने रणनीतिमा भारत छ। तर त्यो कतिको समफल हुनेछ भन्ने पछि नै थाहा होला। एजेन्सी

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top