चैत्र २५, २०७२- एक निजी विद्यालयका प्रिन्सिपलले एसएलसीको ट्युसन शुल्क नबुझाई एसएलसी परिक्षामा सहभागी भएको भन्दै बिहिबार एक विद्यार्थीलाई बन्धक बनाएका छन् । 
ट्युसन शुल्क नबुझाएको भन्दै क्यामिन–१, कलेस्तीस्थित दोभान बोर्डिङ स्कूलका प्रिन्सिपल सिकन्दर गुरुङले एसएलसी परिक्षामा सहभागी १५ वर्षीय प्रविण कँुवरलाई करिव आधा घण्टा बन्धक बनाएका हुन् । प्रिन्सिपल गुरुङ एनप्याब्सन तनहुँका सदस्य समेत हुन् ।
 
बन्दक बनाइएका विद्यार्थी कुँवरका अनुसार प्रिन्सिपल गुरुङले ट्युशन कक्षा नै नलिएको शुल्क वापतको ८ हजार ५ सय रुपैंयाँ नबुझाए परिक्षा दिन नदिने भन्दै विद्यालयमै थुनेर राखेका हुन् ।
 
‘अरु साथी परिक्षा दिन गए । तर मलाई भने प्रिन्सिपल सरले पैसा नबुझाई जान पाईंदैन भन्दै भित्रै रोक्नु भयो,’ कुँवरले भने, ‘एकदम नरमाईलो लाग्यो र रोएँ । पैसा लिएर आउँदै छु भनेर ममीले मोबाईलमा भनेपछि बल्ल छोडिदिनु भयो । तनावले गर्दा परिक्षाकेन्द्रमा पुगेर पनि लेख्नै सकिन ।’
यसअघि पनि प्रिन्सिपल गुरुङले आफूलाई पटक–पटक शुल्क नबुझाएको भन्दै तनाव दिँदा अरु दिनको परिक्षा समेत राम्रो नभएको उनले बताए । आफूसँगै पढेका अन्य विद्यार्थीका अघि आफूलाई मानसिक यातनासहित अपमान गरिएकोले अत्यन्त नरमाइलो लागेको उनले बताए ।
 
छोराले ट्युसन शुल्क नबुझाएको भन्दै परिक्षा दिनबाट रोकिनु विद्यालयको चरम लापारवाही भएको कुँवरकी आमा विमलाले बताइन् । ट्युसन नै नपढेको छोराको शुल्क मागेर पहिले पनि मानसिक यातना दिने गरिएको उनले दाबि गरिन् । छिमेकी कमला थापाको मकै गोड्ने मेलामा गएको आफूलाई तुरुन्तै स्कूलमा नआए छोराले परिक्षा दिन नपाउने भनिएपछि मेला छाडेर पैसा बुझाउन बोर्डिङ पुगेको विमलाले बताइन् ।
 
‘छोरालाई छाडिदिनुस् । छोराको पैसा बुझाउँछु भनेपछि बल्ल छोरालाई छाडिदिएछन्,’ विमलाले भनिन्, ‘२/३ दिन अघि पनि परिक्षा रोकिदिन्छु भन्दै प्रिन्सिपलले धम्की दिएका थिए । साँच्चै रोक्लान् भन्ने ठानेको थिईन ।’

वचन दिए अनुसार आफूले तत्कालै वोर्डिङ स्कूलमा पुगेर ६ हजार ५ सय रुपैंयाँ बुझाएको उनले बताइन् । तर बोर्डिङ स्कूलका प्रिन्सिपल सिकन्दर गुरुङले विमलाले स्कूलमा कुनै पनि शुल्क नबुझाएको बताए । 
कुँवरले स्कूलमा होहल्ला गरेकोले आफूले अनुशासनको पाठ सिकाउँदा केही समय परिक्षा दिन ढिला भएको प्रिन्सिपल गुरुङले बताए । परिक्षा केन्द्रभित्र १ घण्टासम्म ढिला गरी जान सकिने प्रावधान समेत भएकोले २० मिनेट ढिला हुनु सामान्य भएको उनले बताए ।
 
‘उनले परिक्षा दिन जानु अघि होहल्ला गरेकाले सम्झाई बुझाई गर्दा ढिला भएको हो,’ उनले भने, ‘१ घण्टा भित्र परिक्षाकेन्द्रमा जान सकिने व्यवस्था भएकोले त्यती समय ढिला हुनु ठुलो कुरा भएन ।’
शुल्क नबुझाएको भन्दै परिक्षा दिनबाट बन्चित गर्ने आफ्नो नीति नभएको उनले दाबि गरे । परिक्षार्थी कुँवर आँसु पुछ्दै ढिला गरी परिक्षा दिन आएको करिव ५० मिटर नजिकै रहेको क्यामिन उच्च मावि परिक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णहरी गैह्रेले बताए । कुँवरले धेरै समयसम्म केही लेख्न नसकेकोले ५ मिनेट समय थप दिएको उनले बताए ।
 
‘रुँदै परिक्षा दिन आएपछि तत्कालै केही बोलेनौं,’ उनले भने, ‘परिक्षा सकिएपछि सोध्दा ट्युसन शुल्क नबुझाएको भन्दै परिक्षा दिनबाट बन्चित गरिएको रहेछ ।’
उक्त केन्द्रमा खटिएका स्रोत व्यक्ति दामोदर खनालले विद्यार्थीलाई मानसिक यातना दिनु निन्दनिय विषय भएको र आफूले जिल्ला शिक्षा अधिकारीलाई समेत जानकारी गराई सकेको उनले बताए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top