![]() |
काठमाडौं – अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाको आणविक कार्यक्रमलाई निरुत्साहित गर्न मिलेर काम गर्ने बताएको केही घण्टामा नै उत्तर कोरियाले बलास्टिक मिसाइल प्रक्षेपण गरेको छ । आणविक सम्मेलनको दौरान बिहिबार अमेरिकाको वासिङटनमा भएको साइडलाइन वार्तामा दुई नेताले सहकार्य गर्ने कुरा राखेका थिए ।
मिडिया रिपोर्टका अनुसार शुक्रबार स्थानीय समयअनुसार १२ः४५ बजे उत्तर कोरियाको पूर्वी तटबन्धबाट समुद्रमा मिसाइल प्रक्षेपण गरिएको हो । बिहिबार मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियालाई थप आणविक परिक्षण गर्नबाट रोक्न चीन र अमेरिकाले सहकार्य गर्ने बताएका थिए ।
उनले दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताएका थिए । पछिल्लो समय उत्तर कोरियाले हाइड्रोजन बम परिक्षणदेखि मिसाइल परिक्षण गरिरहेको छ । यता, उत्तर कोरियाले भने दुई नेताबीच भएको सहमतिलाई ‘वाहियात’ भएको संज्ञा दिएको छ ।
Read more at http://www.visionnepaltv.com/international/937#7RCLqcPMHdcGX4lR.99
![]() |


0 comments Blogger 0 Facebook
Post a Comment