विराटनगरः मोरङमा एकजना सांसदका छोराले बैंकका म्यानेजमाथि निर्घात कुटपिट गरेका छन् । केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अविन श्रेष्ठमाथि बिहीबार राति कुटपिट भएको हो । कुटटिबाट बैंक म्यानेजरको कन्चटमा गहिरो चोट लागेको छ । मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर–६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का एमालेका प्रत्यक्षतर्फका सभासद् चन्द्रबहादुर गुरुङका छोरा हुन् । केराबारी–२ मा रहेको बाबरी होटेल एण्ड खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । गम्भीर अवस्थाका उनको विराटनगरमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक सूर्य प्रसाईले भने,‘ दुईवटा मोटरसाइकलमा होटेलमा पुगेका युवामध्ये श्रेष्ठले खाना खाइरहेको टेबलमा गुरुङ पुगेका थिए । त्यसपछि कुटपिट शुरु भएको थियो ।’ होटेलमा बसेर ‘तँ किन ठूलो कुरा गर्छस’ भन्दै गुरुङले वियर खाने गिलासले म्यानेजर श्रेष्ठलाई एक्कासी प्रहार गर्दा टाउको र कन्चटबाट रगत बगेको थियो । आक्रमण हुनुपर्ने कुनैपनि कारण पत्ता लागेको छैन् । मादकपदार्थ खाइरहेका युवामध्ये एकजना आफूतिर आएर निहुँ खोजेको र गिलास प्रहार गरेको उनले बताए । घटनालगत्तै सांसदका छोरा र युवा समूह फरार छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top