प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने दाबी गर्नुभएको छ । उहाँले एक बर्षमा लोडसेडिङ मुक्त गराउने, दुई बर्षमा चाहिएजति बिद्युत आपुर्ती गर्ने र तीन बर्षमा अन्य मुलुकमा बिद्युत निर्यात गर्ने योजनामा आफु दृढताका साथ लागेको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघको छैटौँ महासम्मेलनको उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा तिब्रताका साथ अघि बढेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिको लागि कृषि, जलबिद्युत र यातायातलाई मुख्य केन्द्रमा राखेर अब आउने बजेटमा थप विकासका आयोजना ल्याइने बताउनुभयो । उहाँले जलविद्युत उत्पादनमा महत्वपूर्ण सफलता हासिल गरी तीन वर्षमा विद्युत निर्यात गरिने दोहो¥याउनु भयो ।
एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले कृषिको आधुनिकिकरण र बैज्ञानिकरण गरी आम जनताको रोजगारी र जीबन निर्बाहको क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई आत्मनिर्भर गराई गरिबी, अभाब र पछौटेपनलाई निराकरण गर्नेतर्फ राज्यले सोच्नुपर्ने बताउनुभयो ।
एमाले पूर्व अध्यक्ष झलनाथ खनालले कृषि प्रणालीमा रहेको सामन्ति अबशेष र परम्परागत खेती प्रणाली तोडेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले मुलुकको कृषि क्षेत्रको रुपान्तरणका लागि नयाँ निति र कार्यक्रममका साथ सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।
खनालले कृषि क्षेत्रमा योजनाबद्ध कार्यनिती नभएकोले कृषि क्षेत्र पछि गरेको र यसको बिकासका लागि राज्यले उपयुक्त निती बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top