सन् २०१७ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले शुक्रबार सूचना आह्वान गरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको छ।
इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आह्वान गरेको छ। परीक्षा २०७३ सालको असार ४ र ५ गते हुनेछ। कोरिया भाषा परीक्षामा सहभागी हुन १८ देखि ३९ वर्षभित्रका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्।
यसका लागि फौजदारी अभियोग नलागेको र कोरियामा गैर कानुनी रुपमा बसेर फिर्ता नपठाइएको ब्यक्ति हुनुपर्नेछ। आवेदन फाराम वैशाख १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका ६ वटा र काठमाडौं बाहिरका ५ वटा केन्द्रमा बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।
काठमाडौंमा ललितपुर बालकुमारीको च्यासल खेलमैदान, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबोरेटोरी उच्च मावि, ललितपुर सातदोवाटोको महेन्द्र आदर्श विद्याश्रम र गौशालाको नेपाल वेद विद्याश्रमममा बुझाउन सकिनेछ। त्यस्तै काठमाडौं बाहिर धरानको धरान सभागृह, रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्द्यवासिनी उच्च मावि, डडेल्धुराको जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र र जनकपुरको श्रम कार्यालयमा पनि बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top