चैत्र २४, २०७२- बेमौसमे बाढीका कारण पाकिस्तानमा ९२ जनाको मृत्यु भएको छ । बाढीका कारण आएको पहिरोमा परि बुधबारमात्रै २३ जना एकैठाउँमा पुरिएका छन् । मृत्यु हुनेहरु अधिकांश खैबर पख्तुन इलाकाका छन् । बाढी र पहिरोका कारण यहाँमात्रै ६५ जनाको मृत्यु भएको छ भने करिब १ हजार घर भत्किएका छन् । बाढीमा परि पाकिस्तान प्रशासित कश्मिरमा १५ जनाको मृत्यु भएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top