दक्षिण कोरियामा मजदुरहरुको समुहले न्युनतम ज्याला आगामी वर्ष (सन् २०१७) देखि प्रतिघण्टा १० हजार हुनुपर्ने माग राखेका छन् । मजदुर संगठन केसिटियु, कोरियाली ट्रेड यूनियन संघ, पार्ट टाइम मजदुर संघ, महिला संघले प्रगतिशील आन्दोलनका लागि गठबंधनका रुपमा राजधानी सउलमा मजदुरहरुको न्युन्तम ज्याला १० हजार हुनुपर्ने माग राख्दै पत्रकार सम्मेलन गरेको हो । उनिहरुले ज्याला निर्धारण समितिको बैठक हुनु पूर्व पत्रकार सम्मेलन गरेका हुन ।
मजदुरहरुको समुहले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्न सरकारलाई दबाब दिने बताएका छन् । देशको आर्थिक वृद्धि र मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको उनिहरुको भनाई छ ।
image
कोरियामा ज्याला निर्धारण समितिले मजदुरहरुको ज्याला निधारर्ण गर्दछ । मजदुर, रोजगारदाता र सरकारको तर्फबाट प्रतिनिधित्व गरि बनेको ज्याला निधारण समितिले जुन २८ सम्ममा ज्याला निधारर्ण गर्ने गर्दछ  । समितिले निधारर्ण गरेको ज्याला  श्रममन्त्रीले अगष्ट ५ सम्मका लागि पुर्नविचारका लागि समायावधी दिएको हुन्छ । अन्तत ज्याला समतिले निर्धारण गरेको ज्याला अगष्ट ५ तारिक श्रम मन्त्रालयबाट अनुमोदन भएपछि आउदो वर्ष देखि उक्त ज्याला लागू हुन्छ । कोरियामा अहिले श्रमिकहरुले न्युनतम ज्याला प्रतिघण्टा ६ हजार ३० वन प्राप्त गरिरहेका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top