चैत्र २६, २०७२- तिनकुनेस्थित बागमती नदी किनारको बाटोमा शुक्रबार अपरान्ह भएको कार दुर्घट्नामा दुई जना घाइते भएका छन् । बागमती किनारमा सिम्रिक एयरको कार्यालय रहेको विपरीतपट्टकिो बाटोमा एक निजी कार दुर्घटना भएको हो ।

ट्राफिक प्रहरी कार्यालय कोटेश्वर वृतका प्रमुख निरीक्षक भगिरथ रेग्मीले बा ६ च ३९९ नम्बरको कार बागमती नदीमा झरेको बताए । अनियन्त्रित भएर कार नदीमा खस्दा त्यसमा सवार दुई जना महिला २३ वर्षीया काजल झा र १८ वर्षीया निशा झा घाइते भएकी छन् । उनीहरुको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । नदीमा खसेको कारलाई क्रेनको प्रयोग गरेर निकालिएको छ ।

अर्को दुर्घटनामा एकको मृत्यु
त्यस्तै, शुक्रबार बिहान ६ बजेतिर तिनकुनेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी निरीक्षक रेग्मीका अनुसार बानेश्वरबाट कोटेश्वर तर्फ जाँदै गरेको बा ६४ प ६७११ नम्बरको पल्सर मोटरसाईकललाई बा २ ख ५००९ नम्बरको बसले ठक्कर दिएको थियो । मोटरसाईकलमा सवार २८ वर्षीय प्रदीप कार्कीको उपचारका क्रममा उनको मृत्यु भएको रेग्मीले बताए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top