काठमाडौंः प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले बुधबार लगातार दोश्रो जीत हात पारेको छ ।

नेपालले राउन्ड रोविन लिगको दोश्रो खेलमा माल्दिभ्सलाई ७७–३६ ले पराजित गर्यो । नेपालको जितमा स्नेहा श्रेष्ठले २४ अंक योगदान गरिन् ।

चौथो क्वाटरमा १२–१७ ले पछि परेको नेपाल अन्यमा भने अगाडि रह्यो । नेपालले पहिलोमा २२–०, दोश्रोमा १९–१३ तथा तेश्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।

यसअघि श्रीलंकाले भुटानलाई ११२–३१ ले हरायो । सबै क्वाटरमा हावी रहेको श्रीलंकाले क्रमशः ३१–६, २८–११, ३१–१२ र २२–२ अंक जोड्यो । श्रीलंकाको पनि यो लगातार दोश्रो जित हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीच खेल हुनेछ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top