वि.सं. २०७२ साल चैत १५ गते। सोमबार। इश्वी सन् २०१६ मार्च २८ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, २६:१३ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्यले साथ नदिए पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। काममा जोखिम उठाउनुपर्ने समय भएकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल धेरै लाभ नभए पनि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअनावश्यक अडान लिने बानीले समस्या निम्त्याउन सक्छ। केही विवाद भए पनि सम्बन्ध सुमधुर रहनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। यात्राको अवसर जुट्न सक्छ। हतियार तथा सवारीसाधन उपयोग गर्दा ध्यान पुर्याउनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबाध्यात्मक जिम्मेवारीले समस्या निम्त्याउन सक्छ। चिताएका काममा समय दिन नसकिएला। पढाइलेखाइमा बाधा हुने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। विभिन्न कामको अलमलले लक्ष्य प्राप्त गर्न समस्या पर्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति भए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoढिलासुस्तीले काम बिग्रनेछ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना देखिन्छ। अनावश्यक अडानले पुरानो सम्झौता भंग हुन सक्छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। पारिवारिक असमझदारी बढ्न सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा ढिलै भए पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायमा लगानी गर्दा फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।



तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraलगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतमा सम्पादित कामबाट भने लाभ हुनेछ। चिताएको काममा अवरोध हुनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसामान्य फाइदा भइरहे पनि आवेगलाई नियन्त्रणमा राख्न नसक्दा दुःख पाइनेछ। काममा समस्या पर्नेछ भने शुभचिन्तकहरू टाढिन सक्छन्। उतसाहपूर्वक भएको भेटघाटले मन खिन्न तुल्याउन सक्छ। चिताएका काम तथा अध्ययनमा बाधा हुनेछ। अवसरले पछ्याए पनि व्यवहारले पछि पार्न सक्छ। स्वास्थ्यका लागि विश्राम तथा खानपानमा ध्यान दिनुहोला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। समस्यामा नजिककाले पनि साथ नदिन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
Capricornकेही आम्दानी भए पनि खर्चको मात्रा निकै बढ्न सक्छ। श्रमको उचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। सञ्चित रकम सकिनाले अभाव महसुस हुनेछ। आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै प्रयत्न गर्दा कम प्रतिफल पाइने देखिन्छ। मालमत्ता हराउने सम्भावना भएकाले सजग रहनुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। चिताएका काममा ठूलै सहयोग जुट्न सक्छ। उपलब्धिले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top