आज मति २०७२ साल ९ गते मंगलबार चतुरतिथि तदअनुसार २२ मार्च  तपाई को आज को दिन राशी एस परकर छ   >>>
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ।
भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। आँटेको काम पनि
समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै लगानीपछि कम
प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन
सक्छन्, सचेत रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र
पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ,
सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ।
आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन
नसकिएला। व्यापारमा  भने फाइदै हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन
हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा
परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय
छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तारिफ गर्नेछन्। कीर्तिमानी
काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्।
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत
समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी
र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ। आश्वासन
दिएर झुक्याउनेहरूले सताउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo 
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा
हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने
समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत
पाइनेछ। मनग्य धनलाभ हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय
भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि
सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै
सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि
योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। संगत र खानपानमा निकै
सावधान रहनुपर्ने समय छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न
नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ।
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न
सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। रोकिएका घरेलु कामकाज बिस्तारै
बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
परिवारमा असमझदारी बढ्न सक्छ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन
सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले
केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो
समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी
बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि
प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले
काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ
हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा पनि प्रगति हुनेछ। विशेष
सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। तर मान–सम्मानमा अलि आघात
पर्ने योग छ, सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको
आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको
प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन
होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि
सुधार गर्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन
सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा
पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता
गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा
परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
© Copyright : baralguru, All Rights Reserved.

राशिफलका सम्बन्धमा—

यो ब्रह्माण्डको सृष्टि पृथ्वी, जल, तेज, वायु र आकाश मिलेर भएको हो। सम्पूर्ण चराचरजगत् पञ्चमहाभूतमय हुन्छ। मानव शरीर पनि पञ्चमहाभूतले नै बनेको हो। आकाशमा रहेका नवग्रहले यिनै पञ्चमहाभूतको प्रतिनिधित्व गर्दछन्। वेदमा सूर्यलाई आत्मा र चन्द्रमालाई मन भनिएको छ। यस्तै, मंगलमा तेज, बुधमा पृथ्वी, बृहस्पतिमा आकाश, शुक्रमा जल र शनिमा वायुको गुण अन्तर्निहित हुन्छ।
शब्द, स्पर्श, रूप, रस, गन्ध पञ्चमहाभूतका विषय हुन्। यी विषयहरू मानिसका पाँच ज्ञानेन्द्रियले ग्रहण गर्दछन्। मानिसका हरेक इन्द्रिय आफ्नो विषयसुखका लागि लालायित हुन्छन्। आफ्नो विषयभोगका लागि ग्रहले मानिसको सम्बद्ध इन्द्रियलाई क्रियाशील बनाइदिन्छ। इन्द्रियको मागबाट मन प्रभावित हुन्छ। यसर्थ मन लाग्नु नै निश्चित कामको आधार बन्नु हो। मनले काम गर्न आत्माबाट स्वीकृति लिने गर्दछ। आत्माद्वारा स्वीकृत काम र विषयका लागि मनले इन्द्रिय र विषयहरू सञ्चालन गर्दछ।
मनको कारक चन्द्रमा हो। मानिसको नामराशि नै जन्मसमयमा चन्द्रमा बसेको स्थान हो। चन्द्रराशिबाट गतिशील ग्रहहरू जुन–जुन अवस्थामा देखिन्छन् सोही अनुसार मानिसको रुचि, व्यवहार, स्वास्थ्य, परिस्थिति आदिमा परिवर्तन हुन्छ। मन अर्थात् चन्द्रमाको इच्छाशक्ति र आत्मा अर्थात् सूर्यको विवेक शक्ति कार्यसम्पादनका विशेष कारक हुन्। इन्द्रियका सूचक ग्रहहरूले विभिन्न परिस्थिति सिर्जना गर्दछन्।
मानव जीवन यिनै परिस्थितिले जेलिएको हुन्छ। जन्म, मृत्युदेखि जीवनमा आइपर्ने यावत् उन्नति–अवनति, सुख–दुःख, मित्र–शत्रु, ऐश्वर्य, अभाव, दरिद्रता, रोग, राज्य, मान-सम्मान, सन्तान, परिवारलगायत उसका सबै निर्दिष्ट कर्मबन्धनलाई ग्रहहरूले परिचालन गर्दछन्। यसर्थ भनिएको छ—
‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’
राशि आकाशमण्डलको निश्चित क्षेत्र हो। यी क्षेत्रमा बसेका ग्रहले मानवजीवनलाई कसरी प्रभाव पार्दछन् भन्ने अध्ययन गोचरअनुसार गरिन्छ। यहाँ प्रस्तुत राशिफल शास्त्रोक्त मतका आधारमा तयार पारिएको हो। खासगरी ग्रहहरूको विभिन्न राशिगत स्थिति, दैनिक गतिलगायत परिस्थितिजन्य बल, अन्य ग्रहहरूको वेध–प्रतिवेध, शुभ–पाप दृष्टि र प्रभावको मूल्याङ्कन गरी मुख्यरूपमा बृहत्संहिता, मुहूर्तचिन्तामणि, मुहूर्तमार्तण्ड, फलदीपिका, जातकपारिजात, बृहद्दैवज्ञरञ्जनम् जस्ता आधिकारिक ग्रन्थहरूको निष्कर्षअनुसार शास्त्रीयरूपमै राशिफललाई विश्वसनीय बनाउने प्रयास गरिएको छ।
.

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top