आकर्षक रोजगारीमा पठाइदिने भन्दै दलालवाट ठगिएका १९ महिला सहित ७७ जनाको उद्धार  


नेपाल प्रहरीको टेकुस्थित अपराध महाशाखाले दुई महिनाको अवधीमा मानब बेचविखन सम्वन्धी ५ वटा मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाएको छ। २ महिना अघि शुरु गरेको मानब बेचविखन तथा ओसारपोसार सम्वन्धी ईकाइमा परेका १ सय १८ उजुरी मध्ये ५ वटामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाईएको महाशाखाका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो।

महिलालाई आकर्षक बैदेशिक रोजगारी मिलाइदिनेलगायत विभिन्न प्रलोभनमा पारेर भारत मकाउ, कुवेत, ओमन र दुवई र खाडीका अन्य देशमा पुर्‍याईएको र यौन शोषणदेखि विभिन्न यातना दिएको पाईएको उहाँको भनाई छ।

दर्ता गरिएका मुद्दामा १४ जना महिला पीडित छन् र बेचविखन कार्यमा संलग्न ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक मरासिनीले जानकारी दिनुभयो।

त्यस्तै महिला बालबालिका सेल अन्तर्गत परेको एउटा बालविवाहको उजुरीमा पनि मानब बेचविखन अन्तर्गत मुद्दा चलाईएको छ। सो अवधीमा बैदेशिक रोजगारीमा गएर विभिन्न समस्यामा परेका ५८ जनाको उद्धार गरिएकोमा ३९ जना पुरुष र १९ जना महिला छन्।

उद्धार गरिएकाहरूमा दलालबाट ठगिएर विदेश पुगेका, भने अनुसार काम नपाएका, नक्कली कागजातबाट जान नपाउने देश गएर यौन हिंसा लगायत शारिरीक र मानसिक पीडा पाएकाहरू छन्। प्रहरीको यस ईकाइमा परेका उजुरीमा जम्मा ३ सय ६३ जना पीडित छन्।

आफ्नो क्षमता र काम, आफू जाने देश, तलव, मेनपावर कम्पनी र एजेन्टका बारेमा बुझेर मात्रै बैदेशिक रोजगारीमा जान मरासिनीको सुझाव छ। रोजगारीको प्रलोभनमा महिला बेचविखन बढेकाले सवैलाई विश्वास नगर्न, घर परिवार र जानेबुझेकासँग सल्लाह गर्न, प्रहरीसँग कुनैपनि झुटा कुरा नगर्न उहाँ सुझाव दिनुहुन्छ ।  

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top