![]() |
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ । पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ । हिन्दुसहितका अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन् ।
पाकिस्तानमा विषाक्त रक्सीका कारण ज्यान जाने गरेका घटना यसअघि पनि हुने गरेका थिए । सन् २०१४ मा केही दिन भित्रै विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो । स्थानीय बासिन्दाले अवैध रुपमा रक्सी उत्पादन गर्ने तथा बिक्री गर्नेलाई कारबाही नगरेको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन्
![]() |



0 comments Blogger 0 Facebook
Post a Comment