![]() |
मुआब्जा, निजुञ्ज जस्ता बिभिन्न अवरोधले काममा ढिलाई हुने भएकाले केही कानूनलाई निषेध गरेर सडक निर्माण कार्य गर्नुपर्ने बताउनु भयो । चीनसंग जोडिएको रसुवाको केरुङ नाकासम्म सडक पु¥याउन नेपाली सेना काम गरिरहेको छ ।
माथिल्लो त्रिशुली १ जलविद्युत परियाजना निर्माण कम्पनीले निर्माण अनुमति नदिंदा बेत्रावती मैलुङ स्याफुवेसी सडक निर्माण तथा स्तरोन्नति योजना अन्योलमा परेको छ । सरकारले सडक निर्माण र स्तरोन्नति जिम्मा सेनालाई दिएपनि परियोजनाले नो अब्जेक्सन लेटर नदि“दा परियोजना क्षेत्रभित्र पर्ने १२ किलोमिटर सडक सडक निर्माण सुरु हुन सकेको छैन् ।
बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सेनालाई वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनबाट गएका पहिरो पन्छाउने र नयाँ बाटो निर्माण गर्ने जिम्मा दिइएको थियो । जसमध्ये पहिरो हटाउने काम भने सेनाले सकिसकेको छ । परियोजना क्षेत्रबाहिर पर्ने चार किलोमिटर सडक निर्माणको जिम्मेवारी सरकारले अघिल्लो वर्ष नै सेनालाई दिएको थियो ।
![]() |


0 comments Blogger 0 Facebook
Post a Comment