![]() |
सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन। अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका तीन स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको हो।
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो। यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए।
नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो। उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो। - See more at:
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment