बारा, चैत १२ - प्रहरीले बिहिबार सिहासनीमा हत्या गरि घर नजिकै खेतमा जलाइरहेको अवस्थामा एक महिलाको शव फेला पारेको छ । 

प्रहरीले सिहासनी ४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा फेला पारेको हो ।

उनकै श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त घटनाबारे थप अनुसन्धानको लागि प्रहरीले २ जना आफन्त महिलालाई नियन्त्रणमा लिएको छ । 

घटनापछि फरार रहेका बृजकिशोरको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । - See more at: http://dcnepal.com/news/news.php?nid=200677#sthash.HChn1DXj.dpuf

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top