सिके राउतको अन्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलले बोलायो आकस्मिक बैठक




ऋषि धमलालाई सचेत 
काठमाडौं, १८ चैत - सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सिके राउतको अन्तरवार्ता प्रशारण गरेको भन्दै एबीसी टेलिभिजनमाथि कारवाही थाल्ने तयारी गरेको छ। 

देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका राउतको अन्तरवार्ता प्रशारण गरेको भन्दै कारवाहीको तयारी थालेको हो। 

टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको स्रोतले बताएको छ। तत्कालै एउटा चेतावनीपत्र टेलिभिजनलाई पठाइने र त्यसपछिको कारवाहीबारे छलफलबाट निर्णय लिइने काउन्सिलले जानकारी दिएको छ। 

सो टेलिभिजनले बुधबार बेलुकी राउतको अन्तरवार्ता प्रशारण गरेको थियो। सो अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले फेसबुकमा स्टाटस लेखेर टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए।

ऋषि धमलालाई सचेत गराइयो
सिके राउतलाई रिपोर्टस क्लवमा बोलाएर पत्रकार सम्मेलन गराउने तयारी गरेका पत्रकार ऋषि धमलालाई समेत काउन्सिलले सचेत गराएको छ। 

क्लबका अध्यक्ष धमलाले राउतको पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि फोन गरेर सचेत गराएको काउन्सिलले बताएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top