काठमाडौं, चैत ९ - महानगरीय प्रहरी परिसरले होली खेल्ने क्रममा अवाञ्छित क्रियाकलाप गर्ने १३ जनालाई नियन्त्रणमा लिएको छ।

महिलालाई जबरजस्ती लोला हान्ने, मादक पदार्थ सेवन गर्ने तथा वियरका बोतल बोकेर हिँड्नेहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरका एसएसपी विक्रमसिंह थापाले बताएका छन् ।

प्रहरीले होलीलक्षित सुरक्षा व्यवस्था कडा पारेको होलीमा खुलेआम मादक पदार्थ सेवन नगर्न र जबरजस्ती लोला नहान्न अपील गरेको थियो। ‘थापाले जबरजस्ती लोला हान्ने, मापसे गर्ने र बोतल बोक्नेहरूलाई सार्वजनिक मुद्दा चलाइने जनाएका छन् । उनले ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको समेत बताए ।

उपत्यका ट्राफिक महाशाखा, तीन वटै जिल्लाका सुरक्षा युनिटबाट सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ। उपत्यकामा मात्र ट्राफिक तथा जनपथ प्रहरीका ९० वटा टोली होली सुरक्षार्थ खटाइएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top