काठमाडौं - पूर्व पाकिस्तानी स्पिनर तथा पाकिस्तानी टिमका प्रशिक्षक समेत रहेको तौसीफ अहमतले टी–२० विश्वकपको सुपर टेनको समूह दुईको बुधबार भएको खेलमा भारत–बंगलादेशको खेलको छानविन गर्न माग गरेका छन्।

उक्त खेलमा भारत अन्तिम ओभरको चौथो, पाँचौ र छैठौं बलमा लगातार तीन विकेट झार्दै १ रनले विजयी भएको थियो । तौसीफले पाकिस्तानको एक टिभी च्यानलसँग कुराकानी गर्दै जुन तरिकाले खेलको अन्त्य भयो त्यो आफूलाई पनि सही नलागेको बताएका छन्।

उनले आइसीसीले यस खेलको छानविन गर्नुपर्ने बताएका हुन् । सुनील गावस्करसहित केही क्रिकेट पण्डितहरुले महमुदुल्लाको शतको कडा आलोचना गरेका थिए । उनी लामो शत खेल्ने क्रममा मिडविकेट नजिकै रविन्द्र जडेजाद्वारा समातिदै पवेलियन फर्किएका थिए । यो नै बंगलादेशको हारको प्रमुख कारण बनेको थियो।

पाकिस्तानका लागि ३४ टेस्ट र ७० वानडे खेलेका ५७ वर्षीय तौसीफले बंगलादेश अब अनुभवी टिम भइसकेको भन्दै उसका अनुभवी खेलाडीले खेललाई बराबरीमा ल्याएर ठूलो शट खेल्नेबारेमा किन सोचेनन् भन्ने प्रश्न तेर्सिएको बताए।

उनले क्रिकेटमा आजकल जे पनि हुन थालेको भन्दै यो खेलको पनि जाँच गरिनुपर्ने बताएका हुन् । बैग्लोरको चिन्नास्वामी स्टेडियममा २३ मार्चमा भएको यो खेलमा अन्तिम ओभरमा पाएको रोमान्चक जित नै भारतको सेमिफाइनल यात्राको टर्निङ प्वाइन्ट बनेको थियो।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top