![]() |
चीनका राष्ट्रपति शी जिङ्गपिङ्गले बंगलादेशको ४५ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति अब्दुल हामिदलाई पठाएको आफ्नो सन्देशमा दुई देशबीचको मित्रता केही समययता मजबुत हुँदै गएको उल्लेख गरेका छन्।
उनले चीन(बंगलादेशको पारम्परिक मित्रता निरन्तर प्रगाढ हुँदै गएको बताउँदै हरेक क्षेत्रमा भएका द्धिपक्षीय संवाद र सहयोग फलदायी रहेको बताएर नजिकिन चाहेको संकेत गरेका हुन्।
शी ले पठाएको शुभकामना सन्देशमा सीमाना र सडक (सिल्क रोड) को पहललाई अझ अघि बढाउन द्धिपक्षीय रणनीतिमा आपसी तालमेललाई अझ मजबुती प्रदान गर्नका लागि चीन बंगलादेशसँग काम गर्न तयार रहेको जनाएका हुन्।
उनले यो प्रयासले चीन र बंगलादेशबीच रहेको निकटतालाई अझ ब्यापक बनाएर सहयोग र साझेदारीलाई अघि बढाउन सकिने संकेत दिएका हुन्। चीनका प्रधानमन्त्री ली खिछ्याङले पनि बंगलादेशस्थित आफ्नी समकक्षी शेख हसिनालाई शुभकामना सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई ब्यबहारमै अझै बलियो बनाउन चाहेको बताएका छन्।
उनले दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा व्यवहारमूलक बन्दै निरन्तर प्रगतितर्फ उन्मूख भइरहेको उल्लेख गरेका छन्। - See more at: http://dcnepal.com/news/news.php?nid=200886#sthash.JQl7mfum.dpuf
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment