काठमाडौं, चैत १८ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । बिहीबार बिहान ४ बजेर २६ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै बुधबार बेलुका ६ बजेर ११ मिनेटमा पनि सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको थियो।

यो सँगै वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ४४ पराकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यसअघि गएको ११ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।
  

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top