![]() |
शिशु स्याङ्जाकी एक महिलाले पर पुरुषसँग अबैध यौन सम्पर्क गरी जन्म दिएपश्चात मारेर फ्याकेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलुको प्रहरीले जनाएको छ ।
अर्जुनचौपारी गाविसबाट नियमित स्याङजा हुँदै पोखरा जाने ना ५ ख ४६७८ नम्बरको मिनीबसको पछिल्लो सिटमा कालो(खैरो रंगको ज्याकेटले गुटमुटिएको अवस्थामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक नारायणप्रसाद पौडेलले जानकारी दिए ।
मिनी बस बिहीवार बिहान ११ बजे पोखरा गए र साँझ फर्केको थियो । बिहान ११ बजे पोखरा जाँदा ३३ यात्रु लिएर गएको मिनीबसलाई वसपार्कमा सफा गर्दा केही नभेटिएको चालक बताउँछन् । तर, दिउँसो १५ महिलासहित ५ पुरुष यात्रु लिएर फर्केको बसमा मृत नवजात शिशुको शव भेटिएको हो । पुरुष जातिको सो नवजात शिशुको शुक्रवार शव परीक्षणपछि जिल्ला अस्पतालमा राखिएको छ ।
सबै यात्रु झरेपछि साँझ करिब ७ बजेतिर अर्जुनचौपारी–५ स्थित दरौंखोलामा धुने क्रममा बसको अन्तिम सीटमा ज्याकेटले गुट्मुटिएको अवस्थामा नवजात शिशु फेला परेपछि प्रहरीलाई खबर गरिएको हो । बसमा सवार सबै यात्रुबारे जानकारी लिइरहेकाले नवजात शिशुलाई बसमा छाड्ने व्यक्तिको बारेमा अनुसन्धान भैरहेको तथा तथ्य नजिक पुगेकाले चाँडै पक्राउ पर्ने प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment